Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इराकमा रहेको अमेरिकी दूतावासमा मिसाइल हमला

इराकमा रहेको अमेरिकी दूतावासमा मिसाइल हमला

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । इराकका अधिकारीहरूका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासको हेलिप्याडमा एउटा मिसाइल खसेको छ ।

मिसाइल दूतावास परिसरभित्र बनेको हेलिप्याडमा खसेको छ ।

इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरनजिकै रहेको सी–र्‍याम एयर डिफेन्स सिस्टमसँग सम्बन्धित एउटा युनिटलाई आज मिसाइलले निशाना बनाएको हो ।

अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

यद्यपि, इरान समर्थित सशस्त्र समूह इस्लामिक रेसिस्टेन्सले यसअघि पनि धेरैपटक इराकमा रहेका अमेरिकी ठेगानाहरू, सैन्य अखडा र हितहरूलाई निशाना बनाउँदै आएका छन् । 

यो संगठन धेरै इरान समर्थित इराकी मिलिसिया समूहहरूको गठबन्धन हो । यी समूहहरूले इरानका पूर्वसर्वोच्च नेता अली खामेनीईको मृत्युको बदला लिने कसम समेत खाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077