Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत १ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज चैत १ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आइतवार , चैत्र १, २०८२

काठमाडौं । आज २०८२ चैत १ गते आइतबारको राशिफल ।

मेष

प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। खर्च बढ्न सक्छ तर आय पनि बढ्ने संकेत छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी निर्वहन गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

नँया योजनाहरू सुरु गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। साथी र सहकर्मीहरूबाट सोचेजस्तो सहयोग नपाइएला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

सिंह

करियर र व्यापारमा प्रगतिका संकेत छन्। मेहनतीहरूको लागि राम्रो फल मिल्नेछ। आर्थिक अवस्था बिस्तारै बलियो बन्दै जानेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला

कुनै कुरालाई लिएर मनमा मानसिक तनाव बढ्नेछ। प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। जग्गा जमिनबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

पारिवारिक विषयवस्तुमा बढी ध्यान दिनुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। गरेको कामको परिणाम ढिलो आउन सक्छ। सावधानीपूर्वक निर्णयहरू लिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुको लागि मेहनत गर्नुपर्ला। आर्थिक लाभको सम्भावना देखिए पनि फाइदा उठाउन नसकिएला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

बृष

व्यापार व्यवसायमा नयाँ लगानीबाट फाइदा हुन सक्छ। आफन्तहरूसँग राम्रो सम्बन्ध बन्दै जानेछ। धार्मिक क्रियाकलापमा सहभागी भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कुनै अनावश्यक कुरालाई लिएर अलि बढी संवेदनशील हुन सक्नुहुन्छ। जिवनसाथीसँग कुनै सानो कुरालाई लिएर मतभेद बढ्न सक्छ सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा प्रगति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या

खर्चमा नियन्त्रण राख्नुहोस्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

प्रतियोगी प्रतिस्पर्धाहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। भाग्यको साथ मिल्नाले काम समयमा सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मकर

सञ्चार क्षेत्रमा फाइदा मिल्ने समय रहेको छ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ काम वा परियोजना सुरु गर्न सक्नुहुनेछ। आर्थिक स्थिति राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० काममा जुट्नु परे पनि नाम, दाम र इनाम हात पार्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077