Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लद्दाखमा जेनजी आन्दोलन भड्काएको आरोप लागेका वाङ्चुकलाई रिहा गर्न आदेश

लद्दाखमा जेनजी आन्दोलन भड्काएको आरोप लागेका वाङ्चुकलाई रिहा गर्न आदेश

आइतवार , चैत्र १, २०८२

एजेन्सी । जेनजी आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका प्रख्यात भारतीय पर्यावरण अभियन्ता तथा वैज्ञानिक सोनम वाङ्चुक रिहा हुने भएका छन् । 

भारतको गृह मन्त्रालयले शनिबार लद्दाखमा वार्ताको वातावरण बनाउन आवश्यक रहेको भन्दै उनलाई हिरासतमुक्त गर्ने आदेश दिएको हो ।

शनिबार जारी गरिएको एक प्रेस विज्ञप्तिमा मन्त्रालयले भनेको छ, 'लद्दाखमा लगातार भइरहेको बन्द र प्रदर्शनका कारण त्यहाँको शान्त समाजमा नराम्रो असर परिरहेको र यसबाट विद्यार्थी, रोजगारी खोजिरहेका युवा, व्यापारी र पर्यटकहरूलाई निकै सास्ती भइरहेको छ ।'

केही समयदेखि जेलमा रहेका उनीमाथि ‘राष्ट्रिय सुरक्षा ऐन’ (नेशनल सेक्युरिटी एक्ट), १९८० अर्थात् एनएसए अनुसार, जेलमा राखिएको  थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077