काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।