Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत ४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आज चैत ४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । आज २०८२ चैत ४ गते बुधबारको राशिफल ।

मेष

कार्यक्षेत्र र व्यापार व्यवसायमा प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू आउनेछन् तर निर्णय सोच विचार गरेर गर्नुहोला। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

नोकरी वा पेशामा कामको जिम्मेवारी बढ्नेछ। परिवारमा सानो कुरालाई लिएर केही तनाव बढ्ला सावधान रहनुहोस्। आर्थिक क्षेत्रमा क्रमशः सुधार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

साझेदारी व्यापारमा लाभ मिल्नेछ। वैवाहिक जीवनमा सुमधुर सम्बन्ध स्थापित हुनेछ। नेतृत्व क्षमतामा वृद्धि हुनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

तुला

व्यापार व्यवसायको लागि नयाँ बाटोहरू खुल्नेछन्। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा सुधार देखापर्ने छ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु

प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ मान्छेहरुसँग चिनजान हुनेछ। भविष्यलाई लिएर ठूलो कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

नतिजा कमजोर देखिनाले काम दोहोर्याएर गर्नुपर्ला। परिवारजन वा साथीभाइहरूको सहयोगले कामहरू सजिलै बन्दै जानेछ। रमाइलो यात्रा र आफन्तहरूसंग जमघटमा सहभागी भइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृष

धनलाभका नयाँ अवसरहरू मिल्नेछन्। परिवारसँग राम्रो सम्बन्ध बनाउन सकिनेछ। वैदेशिक यात्राको सम्बन्धमा सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कुनै कुरालाई लिएर मानसिक चिन्ता बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरुबाट भनेजस्तो साथ नमिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेदारी बहन गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

आफन्तहरू संग कुनै कुरालाई लिएर वैरभाव बढ्न सक्छ सावधान रहनुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मकर

आफूलाई मनपरेको काममा लगानी गर्दा लाभ हुनेछ। लगनशीलताले शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न सकिनेछ। जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मीन

योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा विशेष ध्यान दिनुहोस्। विरोधीहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। धन कमाउने नयाँ बाटोहरू खुल्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077