Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौतेनी आमाको हत्या गरेर छोरा 'टाप'

सौतेनी आमाको हत्या गरेर छोरा 'टाप'

बुधवार , चैत्र ४, २०८२

कञ्चनपुर । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरी छोरा फरार भएका छन् । जिल्लाको दोधाराचाँदनी नगरपालिका–४ स्थित मान्या चौराहामा हसिया प्रहार गरी ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार मृतकका सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजेतिर सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि हसियाले प्रहार गरेका थिए। हसिया प्रहारबाट घाइते भएकी बिन्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठ पनि घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि अभियुक्त हरिप्रसाद श्रेष्ठ फरार भएका छन्। उनको खोजी कार्य तीव्र पारिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077