Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाटन हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गर्ने प्रहरी नगदसहित पुरस्कृत

पाटन हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गर्ने प्रहरी नगदसहित पुरस्कृत

शुक्रवार , चैत्र २७, २०८२

ललितपुर । जिल्लाको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दोहोरो हत्याकाण्डमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल प्रहरीलाई सम्मान गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी तथा घटनामा सक्रिय भूमिका निर्वाह गर्ने मंगलबजार प्रभागकी प्रहरी जवान सहाना बोहरालाई नगदसहित पुरस्कृत गरिएको हो। 

उनीहरूले हतियारसहित फरार हुने प्रयासमा रहेका अभियुक्तलाई साहसिक रूपमा पछ्याउँदै नियन्त्रणमा लिन सफल भएका थिए।

एसएसपी बोगटी र जवान बोहरालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले रेकर्डमा जनिने गरी नगदसहित पुरस्कृत गरेका हुन्।

प्रहरीका अनुसार बुधबार साँझ करिब ७:४० बजे भएको घटनामा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ज्यान गएको थियो। 

छुरा प्रहार गरेर दाजुभाइको हत्या गरेपछि भाग्दै गरेका ललितपुरकै भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपालीलाई घटनास्थल नजिकैबाट सहानाले छुरासहित भाग्दै गरेको अवस्थामा एक्लै पक्राउ गरेकी थिइन्। उनलाई पक्राउ गर्ने दुईवटा प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेका हुन्। यस्तै जवान बोहरालाई भने जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख एसएसपी बोगटीले पनि नगदसहित पुरस्कृत गरे।

सुमितको मोबाइलबाट झुक्किएर सञ्जीवको मोबाइलमा फोन लागेपछि उनीहरूबीच बुधबार दिउँसोबाट विवाद भएको थियो। 

साँझ कृष्णमन्दिरमा भेटेका उनीहरूको विवादका क्रममा सञ्जीवले छुरा प्रहार गरेर सुमित र उनका भाइ सृजनको हत्या गरेका थिए । 

प्रारम्भिक अनुसन्धानले फोन वार्ताबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा सञ्जीव नेपालीले उक्त घटना घटाएको देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077