Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभापति लामिछानेको निर्देशन ‘अक्षरशः पालना गरौँ’ : सांसद पाण्डे

सभापति लामिछानेको निर्देशन ‘अक्षरशः पालना गरौँ’ : सांसद पाण्डे

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । राष्ट्रिय पार्टीबाट निर्वाचित नवनिर्वाचित सांसद राजु पाण्डेले सभापति रवि लामिछानेले आज गरेको सम्बोधनलाई सबैले अक्षरशः पालना गर्नुपर्ने बताएका छन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पाण्डेले सभापति लामिछानेको अभिमुखीकरण सम्बोधन अत्यन्त सकारात्मक र मार्गदर्शक रहेको उल्लेख गर्दै आफू निकै उत्साहित भएको बताए।

उनले पार्टीको आधिकारिक धारणा र नेतृत्वविरुद्ध कसैले पनि व्यक्तिगत रूपमा बोल्न नहुनेमा जोड दिए।

'सभापतिज्यूले एकदम सही कुरा गर्नुभएको छ। हामी सबै खुसी छौँ। उहाँले भनेजस्तै जनताको इच्छा–आकांक्षाको भार हामीले बोकेर बोल्नुपर्छ,'पाण्डेले भने, 'सामाजिक सञ्जालमा पार्टीको नीति र नेतृत्वविरुद्ध अभिव्यक्ति दिनु हुँदैन।'

पाण्डेले मन्त्री बन्ने आकांक्षा सार्वजनिक रूपमा व्यक्त नगर्न पनि आग्रह गरे।

'पार्टी प्रणालीमा पार्टीले जे जिम्मेवारी दिन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ। ‘म आकांक्षी हुँ, मेरो अनुभव छ’ भन्ने कुरा गर्नु हुँदैन, यो सबै ननसेन्स हो,' उनले भने, 'मन्त्रीको विषयमा निर्णय पार्टीले गर्छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077