Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज चैते दसैँको घटस्थापना

आज चैते दसैँको घटस्थापना

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दसैँको नवरात्र सुरु गरिँदै छ। 

चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ।

चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। 

आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उनले बताए।

यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको लाम लाग्ने गर्छ। शास्त्रीय नियमअनुसार वर्षमा चारवटा नवरात्र पर्ने गरेका छन्।

आसार शुक्ल पक्ष, असोज शुक्ल पक्ष, पुस शुक्ल पक्ष र माघ शुक्ल पक्ष गरी वर्षमा चार नवरात्र मनाउने गरिएको हो। नेपाली परम्परामा आसार र पुस शुक्ल पक्षको नवरात्रलाई लुप्त नवरात्र पनि भनिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077