Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इनिशा विक हत्या प्रकरण : छिट्टै सत्यतथ्य सार्वजनिक हुने आईजीपी कार्कीको दाबी

इनिशा विक हत्या प्रकरण : छिट्टै सत्यतथ्य सार्वजनिक हुने आईजीपी कार्कीको दाबी

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुर्खेतकी इनिशा विक हत्या प्रकरणको अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको बताउँदै छिट्टै सत्यतथ्य सार्वजनिक गरिने बताएका छन्।

राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी संघ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको स्पष्ट पारे।

उनले यस प्रकरणमा आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको र अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।

'इनिशा विक हत्या प्रकरणमा अनुसन्धानका लागि पर्याप्त रूपमा प्रहरी परिचालन गरिएको छ। छिट्टै सत्यतथ्य सार्वजनिक हुनेछ,' कार्कीले भने।

उनले पीडित परिवारसँग नेपाल प्रहरी निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर न्याय सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। घटनाको गम्भीरता अनुसार कुनै पनि पक्षबाट लापरबाही नहुने उनको भनाइ थियो।

कार्यक्रममा कार्कीले समग्र रूपमा जातीय विभेदविरुद्ध प्रहरीको भूमिकाबारे पनि धारणा राखे। उनले जातीय तथा रंगभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रूपमा लागिरहेको बताए।

'जातीय विभेदजस्तो सामाजिक विकृतिको अन्त्यविना समतामूलक समाजको परिकल्पना सम्भव छैन,” उनले भने, 'यसका लागि कानुनी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077