Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले ‘जेन्जी’ प्रदर्शनका घटनाबारे गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय समिति बैठकले शुक्रबार र आइतबार सानेपा स्थित केन्द्रीय कार्यालयमा बसेर उक्त निर्णय गरेको हो।

बैठकले नागरिकको चासो र घटनाको सत्यतथ्य सार्वजनिक गर्ने दायित्व सरकारको भएको भन्दै प्रतिवेदन ढिला नगरी सार्वजनिक गर्न आग्रह गरेको जनाएको छ।

२०८२ भदौ २३ र २४ गते भएको ‘जेन्जी’ प्रदर्शनका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो।

आयोगले विस्तृत अध्ययनपछि फागुन २४ गते सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्की लाई प्रतिवेदन बुझाएको थियो।

आयोगले गत असोज ८ गतेदेखि काम सुरु गरी फागुन २२ गते प्रतिवेदन तयार पारेको थियो। त्यसपछि चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077