Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन्धारा कारागारबाट भागेका रम्तेल लागुऔषधसहित पक्राउ

सुन्धारा कारागारबाट भागेका रम्तेल लागुऔषधसहित पक्राउ

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । ‘जेन्जी’ आन्दोलनका क्रममा फरार भएका एक कैदी लागुऔषधसहित पुनः पक्राउ परेका छन्।

जगन्नाथदेवल कारागार बाट गत भदौ २४ गते फरार भएका सिन्धुली कमलामाई नगरपालिका–४ का २८ वर्षीय चेतबहादुर रम्तेललाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन साप्रेढुङ्गा चोक नजिकबाट पक्राउ गरिएको हो।

पक्राउका क्रममा रम्तेलको साथबाट खैरो हेरोइन जस्तो देखिने २.३८ ग्राम लागुऔषध, नगद ७७ हजार रुपैयाँ, दुई थान मोबाइल र एक डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी अन्तर्गत कपन प्रहरी प्रभाग बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनीमाथि बौद्ध प्रहरी वृत्त बाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077