Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७० लाख घुसकाण्ड : राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकलाई २५ लाख धरौटीमा छाड्न आदेश

७० लाख घुसकाण्ड : राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकलाई २५ लाख धरौटीमा छाड्न आदेश

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । विशेष अदालतले राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला को इजलासले अधिकारीलाई नगद २५ लाख रुपैयाँ वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ,'अहिलेलाई आरोपित जग्गा (कित्ता नं. ९९८) अनुसन्धानकै क्रममा रोक्का रहेको देखिएकाले धरौटी लिएर तारिखमा राखी मुद्दाको पुर्पक्ष अघि बढाइनेछ।'

अधिकारी मंगलबार अदालतमा स्वयं उपस्थित भएका थिए। उनलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने विषयमा भएको बहसमा उनका तर्फबाट अधिवक्ताद्वय अपूर्व खतिवडा र योगेश्वर भण्डारीले पक्ष राखेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा चैत १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार, एचके इन्टरप्राइजेज प्रालि सम्बन्धी राजस्व चुहावट मुद्दामा सहजीकरण गरिदिने नाममा अधिकारीले उक्त रकम लिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077