Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुराबाट रवाना बुझेर धनगढी आउँदै गरेका प्रहरी जवान कहाँ हराए ?

डडेल्धुराबाट रवाना बुझेर धनगढी आउँदै गरेका प्रहरी जवान कहाँ हराए ?

बुधवार , चैत्र ११, २०८२

धनगढी । कैलालीको अत्तरिया बजारबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साँउद डडेल्धुराबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा हराएका हुन्।

प्रहरीका अनुसार उनी से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा यात्रा गरिरहेका थिए।

सोमबार अत्तरियामा अन्तिमपटक देखिएका उनी त्यसयता मोटरसाइकलसहित सम्पर्कविहीन भएका छन्।

परिवारसँग समेत सम्पर्क नभएपछि उनका दाजु नाता पर्ने सुरत तमोलीले बुधबार इलाका प्रहरी कार्यालय मालाखेतीमा खोजीका लागि निवेदन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077