Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत १३ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आज चैत १३ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । आज २०८२ चैत १३ गते शुक्रबारको राशिफल ।

मेष

कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा पाइनेछ। परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। सोचेका र आँटेका कार्यहरू सिद्ध हुने छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आम्दानी बढ्नुका साथै दिगो लाभ दिने योजनाहरु प्रारम्भ गर्न सकिनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

दाजुभाइमा आत्मीयता बढ्नेछ। सुन्दर पहिरनको साथ व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

परिश्रमले राम्रो अवसर जुटाउनेछ। साथीभाइ र इष्टमित्रहरूको राम्रो सहयोग पाइनेछ। विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

अध्यात्मिक भाव जागृत हुनाले धर्मकर्ममा मन जानेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग पाइनेछ। कार्यक्षत्रमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पादन हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसंग भेटघाटले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। शत्रुहरू परास्त हुनेछन् भने स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

बृष

बोलि प्रभावशाली रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निर्खाने समय रहेको छ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोस्। आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

शत्रु वा प्रतिस्पर्धीहरूले हजुरको कमजोरीको फाइदा उठाउनेछन्। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला। मेहनतले दैनिकी जीवनमा सुधार ल्याउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

प्रतिकूल परिस्थितिले गर्दा काम पूरा हुन समय लाग्नेछ। अड्किएको रकम हात लागि हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

भविष्यको लागि जग बसाउने मौका पाइनेछ। आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब हुन सक्छ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

मकर

मेहनत गर्दा लक्ष्य सम्म पुगिनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। अरुका लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन

पारिवारिक विवादहरू सुल्झाउनमा समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरुले काममा बाधा पुर्‍याउनेछन्। मनमा चञ्चलता र धैर्यताको कमीले समस्या निम्तिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077