Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एसईईको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी परिक्षा दिने

एसईईको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी परिक्षा दिने

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० को तयारी पूरा भएको जनाएको छ। बोर्डले देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने जनाएको हो।

चैत १९ गतेदेखि सुरु भई २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ। यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुने उहाँले जानकारी दिए। उनका अनुसार जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्। 

यसवर्ष कोसीबाट ८२ हजार ४८७, मधेसबाट ९० हजार २४३, बागमतीबाट एक लाख नौ हजार ५१३, गण्डकीबाट ४३ हजार ९७२, लुम्बिनीबाट ९१ हजार ८०२, कर्णालीबाट ३९ हजार ७६९ र सुदूरपश्चिम प्रदेशबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। 

बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077