Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री सुधन गुरुङबिरुद्द ‘पोल’ सञ्चालन गर्दै बालेनका साथी भिक्टर पौडेल

गृहमन्त्री सुधन गुरुङबिरुद्द ‘पोल’ सञ्चालन गर्दै बालेनका साथी भिक्टर पौडेल

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ का ‘राइट ह्याण्ड’ मानिएका भिक्टर पौडेलेले निरन्तर रुपमा गृहमन्त्री सुधन गुरुङका बारेमा ‘पोल’ सञ्चालन गरिरहेका छन् । 

गुरुङ गृहमन्त्री बन्न अघि नै पोल सुरु गरेका पौडेलले आज फेरि अर्को पोल सुरु गरिसकेका छन् । 

हिजो गुरुङ गृहमन्त्री बन्न लायक छन् ? भन्ने पोल चलाएका रुटिन अफ नेपाल बन्दका सञ्चालक पौडेलले आज भने ‘सुधन गुरुङले आफू गृहमन्त्री भएको २४ घण्टाभित्र गरेको काम तपाईंहरूलाई कस्ता लाग्यो ?’ भन्दै पोल सुरु गरेका हुन् । 

पौडेलले आफ्नै पेजमार्फत सुधन गुरुङका बारेमा पोलहरु चलाइ रहँदा कतै यी पोलहरु प्रधानमन्त्री बालेन विरुद्ध त छैनन् ? भन्ने प्रश्न उब्जिएको छ ।


किनकी बालेनको मन्त्रिपरिषदमा सुधन गुरुङ गृहमन्त्री रहेको हुँदा यसको नकारात्मक असर बालेनसम्म पर्ने देखिन्छ । 

पौडेलले हिजो फेसबुक म्यासेन्जर भित्र ‘डु यु थिंक सुधन गुरुङ इज डिजर्भिङ फर होम मिनिस्ट्रिी’ भन्ने पोल चलाएका थिए । जसमा अधिकांशले लायक छैनन् भन्ने जवाफ दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077