Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विरोधको शैली सच्याऔँ, रचनात्मक भूमिकामा जाऔँ : सुहाङ नेम्वाङ

विरोधको शैली सच्याऔँ, रचनात्मक भूमिकामा जाऔँ : सुहाङ नेम्वाङ

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीले सरकारप्रति अपनाएको विरोधको शैली सुधार गर्नुपर्ने बताएका छन्।

संसदीय दलको नेता चयनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले प्रतिपक्षीको भूमिका सन्तुलित हुनुपर्नेमा जोड दिए।

'प्रतिपक्षीको हैसियतमा एमालेले सरकारलाई रचनात्मक सहयोगसँगै प्रभावकारी खबरदारी पनि गर्नुपर्छ। हालको विरोधको शैली सच्याउनु आवश्यक छ,' नेम्वाङले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध देशव्यापी आन्दोलन भइरहेका बेला नेम्वाङको यस्तो अभिव्यक्ति आएको हो, जसलाई एमालेभित्रकै फरक धारको संकेतका रूपमा हेरिएको छ।

संसदीय दलको नेताको प्रतिस्पर्धामा उत्रिएका नेम्वाङले आफूले प्रस्तावक र समर्थकसमेत जुटाउन नसकेको स्वीकार गर्दै परिणामलाई स्वाभाविक रूपमा लिएको बताए।

'मैले अपेक्षा गरेअनुसार भएन, तर यसले अर्को उम्मेदवार योग्य भएको पुष्टि गरेको छ,' उनले भने।

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यसपछि प्रतिक्रिया दिँदै नेम्वाङले आफूले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको प्रयास मात्रै गरेको र कुनै दबाब नपरेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077