Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फर्जी भिडियो हालेर युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ

फर्जी भिडियो हालेर युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । अमेरिका-इजरायल र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन्। 

परराष्ट्र मन्त्रालयले आज ९शुक्रबार० पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो।

पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीनरतीन तथा ओमानमा एक जना रहेका छन्। यद्यपि, आरोपीको पहिचान भने खुलाइएको छैन । 

क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ।

त्यही अनुरूप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

पश्चिम एसियामा बढ्दो तनावबीच डिजिटल प्लेटफर्मको निगरानीका क्रममा उक्त कारबाही गरिएको हो । यूएईको कानुनअनुसार यस्तो कार्यमा संलग्नलाई १–२ वर्षसम्म कैद र १ लाखदेखि २ लाख दिरहमसम्म जरिवाना हुन सक्ने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासहरूले खाडीमा रहेका नेपालीलाई स्थानीय कानुन पालना गर्न र सामाजिक सञ्जालमा संवेदनशील सामग्री सेयर नगर्न बारम्बार आग्रह गरिरहेको छ ।

तर, दूतावासहरूले बारम्बार सचेत गराउँदा पनि अपुष्ट सामग्री पोस्ट गर्नेक्रम रोकिएको छैन।

यसअघि गत फागुनमा पनि यूएई र इरानबीच युद्धको फर्जी भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा यूएई, साउदी र कुवेतमाबाट ११ नेपाली पक्राउ परेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077