Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता सविता भण्डारीमा नियुक्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की सविता भण्डारीलाई गत २९ भदौमा महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री पदमुक्त भएपछि सोही प्रधानमन्त्रीद्वारा नियुक्त महान्यायाधिवक्ताले पदबाट राजीनामा दिने सरकारी अभ्यासअनुसार विवादै विवादमा परेकी भण्डारी करिब साढे ६ महिनाको कार्यकाल पूरा गरेर यही चैत्र १३ बाहिरिएकी थिइन्।

त्यसयता खालि रहेको महान्यायाधिवक्ताको पदमा सरकारले बागलुङका कँडेललाई नियुक्त गरेको हो ।

कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077