Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महान्यायाधिवक्ता कँडेलको रिटमा कारण देखाउ आदेश

महान्यायाधिवक्ता कँडेलको रिटमा कारण देखाउ आदेश

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यता सम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी गरेको हो।

संवैधानिक व्यवस्थाअनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्ने योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सकिने प्रावधान छ ।

सोहिअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

तरअधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दर्ता गरेका थिए । 

रिट निवेदनमा निरन्तर १५ वर्ष कानुन व्यवसाय गरेको अनुभव आवश्यक हुने व्यवस्था उल्लेख गर्दै डा. कँडेलमा उक्त अनुभव नपुगेको जिकिर गरिएको छ ।

साथै, मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा.कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्नु–नगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077