Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आज चैत २३ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । आज २०८२ चैत २३ गते सोमबारको राशिफल ।

मेष

आलस्यले गर्दा हात आएको अवसर गुमाउनु पर्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा दोहोराएर काम गर्दा सफलता मिल्नेछ। विश्वास पात्रबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

चिताएको काम समयमा सम्पादन गर्न नसकिएला। सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। पारिवारिक र वैचारिक मतभेद सुल्झिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह

युवाहरुलाई करियरमा सफलता र प्रगतिको मार्ग प्रशस्त हुनेछ। विषयवस्तुको पूरा जानकारी नहुँदा मनमा नकारात्मक प्रभाव बढ्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

तुला

कला र साहित्यको क्षेत्रमा निखार आउनेछ। व्यक्तिगत कार्यहरूलाई पनि योजनाबद्ध तरिकाले पूरा गर्नुहोस् सफलता मिल्नेछ। अध्ययन अध्यापनमा अपेक्षाकृत परिणाम नमिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

धनु

ठूलो फाइदाको लागि केही वस्तु त्याग गर्नुपर्ला। काम र शिक्षालाई लिएर आफन्तहरुबाट टाढिनुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। असंयमित व्यवहारले समस्या निम्ताउला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

साहसिक कार्य गर्ने समय रहेको छ। पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। रोजगारीको लागि नयाँ प्रस्तावहरू मिल्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृष

आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। साझेदारी व्यापारमा लाभ मिल्नेछ। उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। योग्यताको उचित मूल्यांकन पाइनेछ आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

लगनशीलताले मनको डर उत्साहमा परिवर्तित हुनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। कानुनी मुद्दा मामलामा पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

धैर्य र पराक्रममा वृद्धि हुनेछ। रोकिएका कार्यहरू पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको साथ मिल्नाले मनोबल उच्च रहनेछ। नोकरी वा पेशामा सहयोगीहरुले साथ दिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर

आवश्यक वस्तुहरू जुटाउन सकिनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। मन मिल्दो साथीसँग सहकार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा ठेक्कापट्टाबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन

योजना र विचारहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा कुनै निराधार आरोपको सामना गर्नुपर्ला। धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077