Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आज चैत २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । आज २०८२ चैत २८ गते शनिबारको राशिफल ।

मेष

कार्यक्षेत्रमा धैर्य र अनुशासित भएर काम गर्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी बढ्नेछ। रोकिएको कामले गति लिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

अनावश्यक चिन्ता बढ्न सक्छ तसर्थ काममा ध्यान केन्द्रित गर्नु आवश्यक छ। पुराना कामहरू पूरा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धैर्यपूर्वक काम गर्दा सकारात्मक परिणाम प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सवारी साधन चलाउँदा सावधान रहनुहोला। खर्च बढ्ने संकेत देखिन्छ त्यसैले योजना बनाएर खर्च गर्नु राम्रो रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला

धैर्य र संयमताले ठूलो उपलब्धि दिलाउन सक्छ। पारिवारिक सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। कृषि र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

कार्यक्षेत्रमा प्रगति हुनेछ। वरिष्ठ व्यक्तिबाट सम्मान मिल्ने सम्भावना छ। संगीत र कलाको क्षेत्रबाट लाभ लिन सकिनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुनै विशेष कामले टाढाको यात्रा गर्नुपर्ला। धार्मिक वा कार्यमा रुचि बढ्नेछ। धैर्य र संयमताको कमीले हाथ आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनु आवश्यक रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

बृष

कार्यक्षेत्रमा स्थिरता आउनेछ। पारिवारिक जिम्मेवारी बढ्नेछ। धर्मकर्मतर्फ मन जानेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन्। कानुनी पक्ष मजबुत रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

वरिष्ठ व्यक्तिहरूबाट सल्लाह लिनु फाइदाजनक रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट लाभ लिन सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या

शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। परिश्रम बढे पनि काममा सफलता हाथ लाग्नेछ। आर्थिक विषयवस्तु सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

मित्र र सहकर्मीहरूबाट सहयोग मिल्नेछ। पुराना योजनाहरू सफल हुने संकेत देखिन्छ। दाजुभाइमा आत्मीयता बढ्नेछ। विवादास्पद मुद्दा मामलाहरू सुझिनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर

समाजमा मानसम्मान बढ्नेछ। अध्ययन र अनुसन्धानको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। सामाजिक कार्यहरूमा सक्रिय भूमिका निभाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

भविष्यको लागि रणनीति बनाएर कार्य गर्ने समय रहेको छ। शुभचिन्तकहरूले साथ दिनेछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077