Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

बालेनलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

आइतवार , चैत्र २९, २०८२

पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लगायतका नेताहरूलाई गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युवर रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत–२६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।

उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गरिरहेका छन् । 

जेनजी मुभमेन्टले बालेन शाहलाई नै किन पक्राउ नगर्ने भन्दै पोखरेललाई रिहाइ गर्न माग गरेको थियो । 

अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक भन्दै जेनजी मुभमेन्टले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

जनजै मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077