Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images
युट्युवर पक्राउ प्रकरण

बालेन शाहलाइ किन पक्राउ नगर्ने भन्दै जेनजी मुभमेन्टले भन्यो–पाखेरलको तत्काल रिहाइ होस्

बालेन शाहलाइ किन पक्राउ नगर्ने भन्दै जेनजी मुभमेन्टले भन्यो–पाखेरलको तत्काल रिहाइ होस्

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले युट्युवर रोशन पोखरेललाई तत्काल रिहा गर्न माग गरेको छ । अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक भन्दै जेनजी मुभमेन्टले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

जनजै मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, अधिनायकवादतर्फ नजाऊ । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो ।’

प्रधानमन्त्री स्वयंको विगतको अभिव्यक्ति स्मरण गराउँदै विज्ञप्तिमा विचार र अभिव्यक्तिका आधारमा नागरिकलाई अपराधीको रूपमा हेर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने ठहर गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले विगतमा ‘सिंहदरबार जलाउने’, तत्कालीन प्रधानमन्त्रीलाई ‘आतंककारी’ को संज्ञा दिएको भन्दै यदि बोलेको आधारमा कारबाही गर्ने हो भने बालेन शाहलाई किन पक्राउ नगर्ने ? भनि जेनजी मुभमेन्टले प्रश्न गरेको छ ।

प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै युट्युवर रोशन पोखरेललाई पक्राउ गरिएको छ ।

roshan press.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077