काठमाडौं । आज २०८३ बैशाख १४ गते सोमबारको राशिफल ।
मेष
पारिवारिक मामलाहरूलाई अन्देखा नगर्नुहोस्। घरपरिवारमा वृद्ध वृद्धाहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो खर्चमा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
सामाजिक वा सामूहिक कार्यमा धन खर्चका योग छन्। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुन्छ। सांसारिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
पहिलाका कमी कमजोरी सुधार गर्दा जीवनशैलीमा नयाँ परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मेहनतको प्रतिफल मिल्नेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। वैदेशिक रोजगार बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
धनु
आयस्रोतका नयाँ अवसर जुट्नाले मन प्रसन्न रहनेछ। साहित्यको क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा रुकावट आउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ
प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
बृष
प्रतिष्ठित कार्य सम्पादन गर्ने अवसर मिल्नेछ। कृषि वा पशुपालनबाट लाभार्जन गर्न सकिएला। सन्तान वा आफन्तहरूको साथ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययन वा अध्यापनमा मन लाग्नेछ। कार्य क्षेत्रमा जिम्मेवारी वहनमा लापरवाही नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
घरमा कुनै प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आज ईर्ष्या व अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। धनको मामलामा कसैसंग छिटो विश्वास नगरिहाल्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ
बृश्चिक
आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारी बढ्नाले व्यस्तता धेरै रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
मकर
व्यापारबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। रोजगारका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मीन
आँटेका कार्य सम्पादन हुनेछन्। नँया नोकरीमा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ। व्यापार व्यवसायमा गोपनियताको ध्यान राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।