काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री नीशा मेहताले अस्पताल तथा स्वास्थ्य संस्थामा हुने अव्यवस्था नियन्त्रण गर्न कडा निर्देशन जारी गरेकी छन् ।
नयाँ निर्देशनअनुसार अब अस्पताल परिसरमा सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना भिडियो वा फोटो खिच्न, अन्तर्वार्ताको नाममा अनावश्यक भिडभाड गर्न तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
मन्त्रालयले बिरामीको गोपनीयता संरक्षणलाई प्राथमिकता दिँदै यस्ता गतिविधिलाई गैरकानुनी ठहर गरेको छ। नियम उल्लंघन गर्ने जो कोहीलाई मुलुकी अपराध संहिता २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
मन्त्री मेहताले उपचारका क्रममा कमी–कमजोरी देखिएमा अस्पतालमा तोडफोड, होहल्ला वा अवरोध सिर्जना गर्नुको सट्टा सम्बन्धित निकायमा तथ्यपरक उजुरी दिन आग्रह गरेकी छन् ।