Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज सार्वजनिक बिदा भए पनि ओपीडी सेवा सञ्चालन हुने

आज सार्वजनिक बिदा भए पनि ओपीडी सेवा सञ्चालन हुने

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालमा आज बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सेवाग्राही प्रभावित हुने देखिएपछि मन्त्रालयले विशेष निर्णय गर्दै बिदाकै दिन पनि नियमित सेवा दिन अस्पतालहरूलाई आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार लगातार बिदाका कारण उपचार सेवा अवरुद्ध हुँदा बिरामीलाई समस्या हुने भएकाले यस्तो व्यवस्था गरिएको हो। आज श्रमिक दिवस र बुद्ध जयन्ती का अवसरमा सार्वजनिक बिदा परेको छ।

त्यसपछि शनिबार र आइतबार पनि बिदा निरन्तर हुने भएकाले अस्पतालहरूलाई आजै ओपीडी सेवा खुला राख्न भनिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको यो निर्णयले आकस्मिक बाहेकका नियमित स्वास्थ्य सेवामा सहजता ल्याउने अपेक्षा गरिएको छ, विशेष गरी लामो बिदाका कारण उपचार पर्खिरहेका बिरामीहरूका लागि राहत मिल्ने विश्वास गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077