Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खोल्दा नेपाल बेखबर !

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खोल्दा नेपाल बेखबर !

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । भारतले नेपाली दाबी रहेको लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रालाई पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । भारतले चीन सँगको सहकार्यमा उक्त यात्राको औपचारिक घोषणा गरेको हो ।

भारतीय विदेश मन्त्रालयका अनुसार सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने यात्राका लागि कुल २० समूह बनाइनेछ ।

तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र बाँकी १० समूह सिक्किम हुँदै नाथु ला पास बाट जानेछन्। प्रत्येक समूहमा ५० जना यात्रु रहने जनाइएको छ।

यात्रामा सहभागी हुन इच्छुकहरूले अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ भने आवेदनको अन्तिम मिति मे १९ तोकिएको छ।

धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा हरेक वर्ष हजारौँ श्रद्धालुको आकर्षणको केन्द्र बन्दै आएको छ। तर, लिपुलेक मार्ग प्रयोगबारे नेपाल लाई औपचारिक जानकारी नदिइएको विषयले विवाद चर्काएको छ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ र यस विषयमा भारतसँग लामो समयदेखि विवाद रहँदै आएको छ।

यसअघि पनि भारत र चीनबीच लिपुलेकमार्ग हुँदै व्यापार विस्तार गर्ने सहमति हुँदा नेपालले आपत्ति जनाएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077