Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिपुलेकबारे सरकारले फेरि भन्यो- नेपालकै भूमि हो भन्नेमा स्पष्ट र प्रतिवद्ध छौँ

लिपुलेकबारे सरकारले फेरि भन्यो- नेपालकै भूमि हो भन्नेमा स्पष्ट र प्रतिवद्ध छौँ

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा सरकार
प्रतिबद्ध रहेको बताएका हुन् ।

सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउँदै उनले भने- जुन सीमाना विवाद भएको छ, त्यो नेपालको भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रतिबद्ध छ ।परराष्ट्र मन्त्रालयले हिजो आफ्नो नोट जारी गरिसकेको छ ।'

उनले यो विषय अब दुई सरकारबीचको सहकार्य र कूटनीतिक संवादमार्फत निकास निकाल्ने बताएका छन् ।

लिपुलेक पास हुँदै २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने कैलाश मानसरोवर यात्रा भारतले केही दिन अघि खुल्ला गरेको थियो । 

उक्त विषयमा आपत्ती जनाउँदै परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भू–भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो । यसैबीच भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको छ। 

भारतले नेपालका केही भू-भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको पनि बताएको छ।

मन्त्री पोखरेलले विवादास्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077