काठमाडौं। प्रहरीले काठमाडौंका ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाँउहरुमा सञ्जालनमा रहेका मसाज सेन्टरहरुमा छापा मारेको छ ।
मसाज सेन्टरका नाममा अवैध कार्य गर्दै आएको सूचनाका आधारमा छापा मारिएको प्रहरी स्रोतको दावी छ ।
प्रहरीले छापा मारेका मसाज सेन्टरहबाट २ सय भन्दा बढी महिला र पुरुषहरुलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २४० महिला र १८ पुरुष गरी २५८ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।