एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि चीन पुगेका छन् ।
बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका हुन् ।
पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुगेका हुन्।
चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र सीबिच दुई देशबिचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुनेछ।
पुटिनले चीनका प्रधानमन्त्री ली केकियाङसँग पनि भेट गर्ने सम्भावना रहेको छ ।