Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुँदै

बुधवार , जेठ ६, २०८३

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

मंगलबार राति बेइजिङ विमानस्थलमा पुटिनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका हुन् ।

युक्रेन र मध्यपूर्वको बढ्दो तनावपूर्ण भूराजनीतिक परिस्थितिका बीच हुन लागेको यस भेटवार्तामा आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र समसामयिक भूराजनीति लगायतका व्यापक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्य अल जजरीले उल्लेख गरेको छ । 

मस्को र बेइजिङबीच बलियो रणनीतिक साझेदारी रहँदै आएको छ।

हाल दुवै देशले आर्क्टिक क्षेत्रको अन्वेषण तथा आणविक ऊर्जा केन्द्रहरूको निर्माण र प्रविधि हस्तान्तरण जस्ता महत्त्वपूर्ण संयुक्त परियोजनाहरूमा सहकार्य गरिरहेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077