Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानका नयाँ सर्वोच्च नेता मोजतबालाई पुटिनले दिए बधाई

इरानका नयाँ सर्वोच्च नेता मोजतबालाई पुटिनले दिए बधाई

मंगलवार , फाल्गुण २६, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीलाई पदभार सम्हालेकोमा बधाई दिएका छन् ।

उनले पठाएको सन्देशमा वर्तमान कठिन परिस्थितिमा इरानको नेतृत्व गर्नु अत्यन्त साहस, धैर्य र आत्मबलिदान आवश्यक पर्ने जिम्मेवारी भएको उल्लेख छ ।

पुटिनले मोजतबाले आफ्ना दिवंगत पिताका कार्य र मार्गदर्शनलाई सम्मानपूर्वक अघि बढाउँदै जटिल परिस्थितिमा इरानी जनतालाई एकजुट राख्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

रुस र इरानबीच पछिल्ला वर्षहरूमा रणनीतिक सम्बन्ध झन् सुदृढ हुँदै गएको छ। गत वर्ष दुवै देशले रणनीतिक साझेदारीसम्बन्धी एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए, जसमा रक्षा र सैन्य सहकार्यका विभिन्न क्षेत्रहरू समेटिएका छन्।

तर रुस र उत्तर कोरियाबीचको सम्झौताजस्तो कुनै एक देशमाथि हमला भएमा स्वतः पारस्परिक सैन्य सहयोग गर्ने स्पष्ट प्रावधान भने रुस–इरान सम्झौतामा नरहेको बताइएको छ।

पुटिनले तेहरानप्रति मस्कोको अटल समर्थन दोहोर्‍याउँदै रुस सधैं इरानको विश्वसनीय साझेदारका रूपमा रहने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077