काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार शुक्रबार भएको निर्वाचनबाट वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरेका छन् ।
यसैगरी कोषाध्यक्ष पद मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
प्रधानले ६१ मत पाउँदा प्रतिस्पर्धी अम्बिका पौडेलले २५ मत पाएकी छिन् ।