Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन वैशाख २१ गते हुने

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन वैशाख २१ गते हुने

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको आफ्नो ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ।

महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार साधारण सभा आगामी वैशाख २१ गते आयोजना हुनेछ भने निर्वाचन वैशाख २२ गते सम्पन्न गरिनेछ।

यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम विभिन्न कारणले स्थगित गरिएको थियो।

महासंघका अनुसार उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना गरिनेछ।

त्यसैगरी निर्वाचन कार्यक्रम वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान मा सञ्चालन हुने तय गरिएको छ।

महासंघले साधारण सभा र निर्वाचनसम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ।

साथै, सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077