Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यस्तो छ बालेन नेतृत्वको सरकारको पहिलो बजेट [पूर्णपाठ]

यस्तो छ बालेन नेतृत्वको सरकारको पहिलो बजेट [पूर्णपाठ]

शुक्रवार , जेठ १५, २०८३

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०।३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ।

सरकारले आगामी वर्ष आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी स्रोत वैदेशिक अनुदान, वैदेशिक ऋण तथा आन्तरिक ऋणमार्फत जुटाइने उल्लेख गरिएको छ।

बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको छ भने कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। यससँगै कर्मचारीहरूको न्यूनतम तलब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने भएको छ।

सामाजिक सुरक्षातर्फ सरकारले १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ। दलित बालबालिकाका लागि पोषण भत्ता दिने घोषणा गरिएको छ भने महिलाहरूको सहज सार्वजनिक यातायातका लागि ‘ब्लु बस’ सञ्चालन गरिने भएको छ। नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता पनि दोब्बर बनाइएको सरकारले जनाएको छ।

पूर्वाधार विकासतर्फ काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, विद्युतीय सवारी साधनमा अब क्षमताको आधारमा नभई मूल्यका आधारमा भन्सार महसुल लाग्ने नयाँ व्यवस्था लागू गरिने भएको छ।

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ भने स्वास्थ्य क्षेत्रमा नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077