Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । आज २०८३ असार ११ गते बिहिबारको राशिफल ।

मेष

नोकरी वा पेशामा सहकर्मीहरूबाट सहयोग पाइनेछ। धन वा धातु संग्रह गर्न सकिएला। जटिल काम बन्नाले नयाँ कामतर्फ उत्साह जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

पारिवारिक समस्यालाई पनि प्राथमिकता दिनुहोस्। धर्म कर्मतर्फ रुचि बढ्नेछ। युवावर्गहरूले प्रेम प्रसंगमा सुनेको कुरामा विश्वास नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

कार्यक्षेत्रमा सहयोगीहरूको भनेजस्तो सहयोग नमिल्ला। दाम्पत्य जीवनमा तालमेलको कमीले कार्यमा बाधा आउनेछ। घरपरिवारमा अतिथीको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला

कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मिडिया वा चलचित्रको क्षेत्र उत्तम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु

आत्मबलमा वृद्धि हुनेछ। आर्थिक दृष्टिकोणले समय लाभदायक रहेको छ।्र साहित्य वा लेखन कलामा निखार ल्याउन सक्नुहुनेछ। पारिवारिक सद्भावमा कमी आउला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। उद्योग कारोबारमा नयाँ प्रबिधिको अभावले कार्यक्षेत्रमा अवरोध आउन सक्छ। विद्यार्थीवर्गहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

बृष

सेवामूलक कार्यक्षेत्रमा प्रगति हुनेछ। महत्वकांक्षी योजनाहरू सम्पादन गर्नमा पिताको सल्लाह लिनुहोस। रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अरुको विश्वासमा कार्य अधुरो नछोड्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कार्यक्षेत्रमा प्रारम्भ गरिएको कार्य सम्पादन गरेर मात्र अरु कार्य हातमा लिनुहोला। व्यापारिक योजनामा पिताको सहयोग मिल्नेछ। घरमा बुजुर्गहरूको स्वास्थ्यको ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

कार्यक्षेत्रमा प्रतिद्वन्दीहरू बढ्नेछन्। रोकिएको काम दोहोर्याएर गर्दा लाभ हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। राजकीय वा सरकारी क्षेत्रमा सफला मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर

विद्यार्थी वर्गहरूले घुमेर मात्रै समय व्यर्थ नगर्नुहोला। नोकरी वा पेशामा हतार गर्नबाट बच्नुहोस्। चिताएको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मीन

कार्यक्षेत्रमा लोकप्रियता संगै जनसम्पर्क पनि बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा कुनै पनि योजना बनाउँदा गम्भीर सोचविचार गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077