Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

टीकापुरमा प्रहरी हिरासतबाट फरार भएका थुनुवा अस्नेरीबाट समातिए

टीकापुरमा प्रहरी हिरासतबाट फरार भएका थुनुवा अस्नेरीबाट समातिए

बिहिवार , आषाढ २५, २०८३

धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट आइतबार राति भागेका लागूऔषध मुद्दाका थुनुवा संजय नगार्जी पक्राउ परेका छन् ।

भेष बदलेर मोटरसाइकल चलाइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले संजयलाई टिकापुर ४ अस्नेरीबाट पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय असार ९ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए र अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका थिए ।

आइतबार राति संजयले पानी खाने बहाना बनाएर हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई धकेल्दै भागेका थिए ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

यता थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई पनि निलम्बन गरिएको थियो ।

त्यसपछि संजयको खोजी तीव्र पारिएको र खोजीकै क्रममा उनलाई फेला पारिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077