काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ५० जना न्यायाधीशको एकैपटक सरुवा गरेको छ।
बिहीबार बसेको परिषद्को बैठकले विभिन्न उच्च अदालत तथा इजलासमा कार्यरत न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।
परिषद्को निर्णयअनुसार न्यायाधीश यमुना भट्टराईलाई उच्च अदालत पोखरा (बागलुङ इजलास), विपुल न्यौपानेलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), नातिबाबु लामिछानेलाई उच्च अदालत विराटनगर (इलाम इजलास), सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेत, जनक पाण्डेलाई उच्च अदालत पाटन (हेटौँडा इजलास) तथा ध्रुवराज नन्दलाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ।
यस्तै, उच्च अदालत जनकपुरमा विमल सुवेदी र सुर्दशनराज पाण्डे, उच्च अदालत सुर्खेतमा दीपेन्द्र अधिकारीसहित अन्य न्यायाधीशहरूको पनि सरुवा सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ।