Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

माजिद अन्सारीको घोषणा– प्रहरीविरुद्ध कानुनी लडाइँ लड्छु

माजिद अन्सारीको घोषणा– प्रहरीविरुद्ध कानुनी लडाइँ लड्छु

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने घोषणा गरेका छन्।

अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आज समाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीको कुटपिटबाट आफू गम्भीर घाइते भएको र उपचारका क्रममा समेत दबाब दिइएको दाबी गर्दै उक्त घटनाविरुद्ध कानुनी लडाइँ लड्ने बताएका हुन्। 

घटनाका क्रममा आफू गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल भर्ना हुनुपरेको उल्लेख गर्दै उपचारका क्रममा पनि आफू प्रहरीको निगरानीमा रहेको, मानसिक दबाब सिर्जना गरिएको तथा उपचार प्रक्रियामै हस्तक्षेप भएको आरोप लगाएका छन्। 

स्वास्थ्य अवस्थासम्बन्धी विवरणसमेत स्वतन्त्र रूपमा अभिलेखीकरण हुन नदिने प्रयास भएको उनको दाबी छ।

हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र आफूले भोगेको व्यवहारविरुद्ध कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन्।

'म हाल अस्पतालबाट डिस्चार्ज भई डाक्टरको सल्लाह बमोजिम अझै २-३ दिन पूर्ण रुपमा बेड रेस्टमा हुनेछु । यस अवधिमा मेरो स्थितिबारे चिन्ता र चासो व्यक्त गर्दै मेसेज र फोन गर्नुहुनेलाई जवाफ दिन सकेको छैन । बेड रेस्टकोे कारणले अझै केही दिन तपाईहरुको जिज्ञासाको जवाफ दिन असमर्थ छु । म स्वास्थ्य अवस्था सामान्य भएपछि सावर्जनिक रुपमा प्रस्तुत हुने नै छु र म समेतको विरुद्धमा भएको प्रहरीको नियोजित घेराबन्दी सहितको चरम यातनाको विरुद्धमा कानूनी लडाई लड्ने नै छु,' उनले भनेका छन् ।

साथै उनले मानव अधिकार र कानुनी राज्यको सम्मान हुने गरी सम्बन्धित निकायले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग पनि गरेका छन्।

केहीदिन अघि बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको विचल्ली भएको थियो ।

उनीहरूको अवस्था बुझ्न कीर्तिपुर पुगेको अन्सारीसहित तीनजना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएका थिए । 

सोबारे अन्सारीले गत सोमबार सामाजिक सञ्जालमार्फत आफू असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको र त्यसबाट गम्भीर घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए ।

स्वास्थ्यमा सुधार आएपछि त्रिवि  शिक्षण अस्पतालबाट डिस्चार्ज अन्सारी बुधबार डिस्चार्ज भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077