Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नवनियुक्त भारतीय राजदूत क्वात्रा ‍नेपाल आउँदै

    नवनियुक्त भारतीय राजदूत क्वात्रा ‍नेपाल आउँदै

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 6.4K
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउन लागेका हुन्।

    उनी बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित भारतीय दूतावास स्रोतले बतायो ।



    क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।



    सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार