Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित

    कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ ।

    नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । ‘विश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौं,’ उनले भने ।



    नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र बनाएको थियो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि नेवाःगुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्नका लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार