Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 3.6K
    SHARES

    काठमाडौं । बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ। जसकाे लागि सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।

    बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    यस्तै राती देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने । पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारीमा उल्लेख छ ।



    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार