Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

    पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ।

    लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बम विस्फोट भएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए।



    उनका अनुसार घरको कम्पाउन्डमा बम विस्फोट भएको हो। उनले भने,‘ प्रेसर कुकर बम विस्फोट भएको जस्तो अनुसन्धानबाट खुलेको छ।’ घरको पर्खालमा सामान्य क्षति पुगेको छ। घटनाको कुनै पनि पक्षले जिम्मेवारी लिएको छैन।



    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी भइरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार