Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता

    बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच वार्ता भएको छ ।

    मंगलबार औपचारिक रूपमा वार्ता टोली गठन गरेको दुवै समूहले आजबिहानै वार्तामा बसेका हुन् ।



    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको वैठकमा दुवै समूहले आफ्ना सर्तहरु राखेको स्रोतले जनाएको छ ।



    वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी भएका छन् ।

    सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

    दुई समूहबीच भएको वार्ताको  विस्तृत विवरण आइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार