Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारसँग वार्ता गर्न पक्राउ पुर्जी जारी भएका नेतालाई नै खटायो विप्लव समुहले

    सरकारसँग वार्ता गर्न पक्राउ पुर्जी जारी भएका नेतालाई नै खटायो विप्लव समुहले

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 3.5K
    SHARES

    काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने कुरा सार्वजनिक भएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार सरकारले आज विप्लव समूहसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।



    गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता गुरुङले बताए । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् ।



    विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ।

    सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने विप्लव समूहका एक नेताले बताए ।

    विप्लव समुहले भने खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रकाण्डलाई पक्राउ गर्न हिजो मात्रै पक्राउ पुर्जी जारी गरिएको थियो ।

    जिल्ला अदालत उदयपुरले विप्लबका नेता तथा प्रवक्ता   ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको गरेको थियो ।

    कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी गरिएको भन्दै गोरखापत्रमा सुचना नै छापिएको छ ।

    प्रकाण्ड विरुद्ध बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पुर्जी  जारी गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार