Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पहिले गण्डकी, कोशी र कर्णाली बेचियो अहिले एमसीसीको नाममा पनि त्यस्तै हुँदैछ: प्रकाण्ड

    पहिले गण्डकी, कोशी र कर्णाली बेचियो अहिले एमसीसीको नाममा पनि त्यस्तै हुँदैछ: प्रकाण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.4K
    SHARES

    सुर्खेत । नेत्रविक्रम ‘चन्द’ विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेकाे आरोप लगाएका छन् ।

    मंगलबार जन पत्रकार संगठन कर्णालीले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्ताे आरोप लगाएका हुन् ।



    यस्तै, कार्यक्रममा ‘प्रकाण्ड’ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न खोजेको आरोप समेत लगाए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरे पनि पाँच महिनासम्म कार्यान्वयन नै नगरेको बताए।



    ‘हामीले सहमति गर्‍यौं- राज्यले बन्दी रिहा र मुद्दा फिर्ता लिएन। ओलीजीले पाँच-छ महिनासम्म रिहा गर्नु भएन’, प्रकाण्डले भने, ‘हाम्रा नेता कार्यकर्ताका २१/२२ सय झुटा मुद्दा खारेज गर्नु भएन । बन्दी छोड्दै छोड्नु भएन।’

    ००७ साल, २०४६ साल र २०६२/०६३ काे जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको प्रकाण्डको भनाइ छ।

    ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गरे, तर नेताहरुले पहिले गण्डकी, कोसी र कर्णाली बेचे, प्रकाण्डले भने, ‘अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार