Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आफ्ना कार्यकर्ता रिहाइको माग

    मन्त्री खाँणलाई भेट्न एकाबिहानै प्रकाण्ड पुगे गृह मन्त्रालय

    मन्त्री खाँणलाई भेट्न एकाबिहानै प्रकाण्ड पुगे गृह मन्त्रालय

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 783
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।

    आज बुधबार बिहानै नेता प्रकाण्ड र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए ।



    नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको बताइएको छ ।



    थुनामा रहेका नेता कार्यकर्ताको रिहा गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुलाई नियमित भेट्दै आएका छन् । अझै देशैभर विप्लव नेकपाका १२० जना नेता कार्यकर्ता जेलमै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार