Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विप्लबका प्रभावशाली नेता प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

    विप्लबका प्रभावशाली नेता प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहसँग  वार्ता गर्ने वताइरहँदा बिप्लबकै नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत उदयपुरले विप्लबका नेता तथा प्रवक्ता  खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।



    कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जि जारी गरिएको भन्दै गोरखापत्रमा सुचना नै छापिएको छ ।



    प्रकाण्ड विरुद्ध बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पुर्जि जारी गरेको हो ।

    यसअघि पटक पटक पक्राउ परेका उनलाई सर्वोच्च अदालतको आदेशमा छाडिएको थियो । नेकपाका प्रभावशाली नेता मध्ये पर्ने प्रकाण्ड भूमिगत रुपमा सक्रिय छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने घोषणा गरेका थिए ।

    नेकपाका महासचिव विप्लवले पनि केही दिनअघि आफू वार्ताका लागि तयार भएको विज्ञप्ति निकालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार